हिसाब सुरु हुने ठाउँ तय गर्नुहोस्
सुरुको मौज्दात भनेको पहिलो लेखिने कारोबारअघिको रकम हो। तपाईंसँग रु. १,००० छ र रु. २०० खर्च भयो भने रु. ८०० बाँकी हुन्छ। रु. ८०० बाट सुरु गरेर उही किनमेल फेरि नघटाउनुहोस्।
खाता थप्नुहोस्
- खाता खोलेर थप्ने विकल्प छान्नुहोस्।
- चिन्न सजिलो नाम दिनुहोस्।
- सही मुद्रा र सुरुको मौज्दात छान्नुहोस्।
- सेभ गरेर रकम जाँच्नुहोस्।
कार्डको ऋण छुट्टै राख्नुहोस्
क्रेडिट कार्डबाट किनमेल कार्ड खाताको खर्च हो। पछि बैंकबाट तिर्नु स्थानान्तरण हो, उही किनमेलको दोस्रो खर्च होइन।
फरक मुद्राका लागि फरक खाता राख्नुहोस्। नाम बदल्दा मुद्रा बदलिँदैन।